• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

संगठित हुदै धनुषाका महिला वडासदस्यहरु

  • 2 वर्ष पहिले

जनकपुरधाम, जेठ २३ गते ।निर्वाचित महिला वडा सदस्यहरुलाई नेतृत्व विकासका लागि जिल्ला स्तरिय सञ्जाल मंगलबार गठन भएको छ । स्थानीय तहमा महिला वडा सदस्यहरुको सवाललाई खासै ध्यान नदिइएकाले उनिहरु अब संगठित भई आफुहरुको मुद्धा, समस्या तथा सवाललाई पैरवी गर्ने उद्देश्यले संगठित भएका छन् । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुको बैठकबाट गणेशमानचारनाथ नगरपालिकाका वडा नं. १ की महिला सदस्य सृजना भुजेलको अध्यक्षतामा २० सदस्यीय संजाल गठन भएको छ । उक्त संजलाको सचिवमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० की सदस्य नितु मल्लिक तथा जिल्लाका ६ वटा पालिकाका ३ –३ जना महिला सदस्यहरु संजालका सदस्य रहेको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । जनकपुरधाममा मंगलबार भएको जिल्ला स्तरीय महिला जनप्रतिनिधिहरुको संजाल गठन तथा परिचालन सम्बन्धी कार्यक्रममा माण्डवीका प्रशिक्षक पार्वती भट्टराई तथा सम्झना वर्माले प्रशिक्षण समेत दिनुभएको थियो । सो संजालमा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, गणेशमानचारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका तथा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका ३–३ जना महिला सदस्य रहेका छन् । उक्त संजालले जिल्लाको १८ वटै पालिकाका महिला वडा सदस्यहरुको आपतविपत पर्दा सहयोग गर्नुका साथै समय समयमा महिलाको मुद्दा, समस्या तथा सवालका लागि पौरवी गर्ने अधिकृत चौधरीले जानकारी दिनुभयो । स्थानीय सरकार संचालन ऐनले व्यवस्थापन गरेको कार्यहरुको कार्यान्वयन गराउन यो संजालको मुख्य काम हुने प्रशिक्षक पार्वति भट्टराईले जानकारी दिनुभयो । पालिकाहरुमा योजना तर्जुमाको माध्यमले विनियोजन हुने बजेटमा महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृधिका साथै महिलाहरुको सवालका लागि बजेट विनियोजन गर्न यो संजालले काम गर्ने सचिव नितु मल्लिकले जानकारी दिनुभयो । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा माण्डवीले निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासका लागि विभिन्न चरणको प्रशिक्षण संचालन गरेपनि यो संजाल निर्माण गरेका हुन । मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामा शि लिड्स कार्यक्रम संचालित छन ।

2 वर्ष पहिले    602 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology