• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

प्रिया प्रकाशको आँखा झिम्काउने दृश्य विवादमा

  • 2 वर्ष पहिले

मुम्बई। साउथकी प्रख्यात अभिनेत्री प्रिया प्रकाश वारियर सन् २०१८ मा फिल्म ‘ओरु अदार लभ’मा रहेको ‘आँखा झिम्काउने’ दृश्यबाट रातारात चर्चित बनेकी थिइन्।त्यो समयमा उनलाई ‘विंक गर्ल’ समेत भनिएको थियो। त्यो बेला यो दृश्यले उनले जति सनसनी मच्चाएकी थिइन्, अहिले यही दृश्यका कारण विवादमा तानिएकी छन्।प्रियाले अहिले आएर त्यो दृश्यको अवधारणा आफूले निकालेको दाबी गरेकी छन्। ‘मैले त्यो दृश्यको अवधारणाबारे निर्देशकलाई जानकारी गराएको थिएँ’, उनले भनेकी छन्।प्रियाको दाबीमा फिल्मका निर्देशक ओमर लुलुले आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमा प्रियालाई मजाकको पात्र बनाएका छन्। उनले स्मरण शक्ति बढाउने औषधि खान सुझाव पनि दिएका छन्।‘बिचरा बच्चाले ५ वर्षपछि बिर्सिएछ। यो आयुर्वेदिक औषधि स्मरण शक्ति गुमाउनेका लागि उपयुक्त हुन्छ’, उनले ट्वीटरमा एक आयुर्वेदिक औषधिको तस्वीर राख्दै लेखेका छन्।साभार : डिसी नेपाल

2 वर्ष पहिले    202 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology