• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

शेरबहादुर र शेखरसँगसँगै चितवन

  • 2 वर्ष पहिले

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला चितवन पुगेका छन्।नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा र कोइराला शुक्रबार बिहान चितवन पुगेका हुन्।पार्टी सभापति देउवा र नेता कोइराला शुक्रबार बिहान बुद्ध एयरको एउटै विमानबाट भरतपुर पुगेका थिए । पछिल्लो समय देउवा र कोइरालाबीच सम्बन्ध सुधार हुँदै गएको छ । कोइराला देउवाप्रति आक्रामक हुन छाडेका छन् ।डिएलएको महाधिवेशन उद्घाटन चितवनको रत्ननगर नगरपालिकाको निपनीस्थित होटल स्टार क्यांक्वेटमा हुँदै छ । नयाँ नेतृत्व चयन गर्दै डिएलएको महाधिवेशन शनिबार सकिनेछ ।नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि चयन हुने छन्। नेतृत्वका लागि सीताराम केसी र लक्ष्मीदेवी रावल प्रतिष्पर्धामा छन्। रावल सभापति देउवा र केसी कोइराला निकट हुन्।महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार वकिलमध्येबाट एक हजार ४०१ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन्।साभार : मिडिया डबली

2 वर्ष पहिले    114 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology