• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

बाल संरक्षण सञ्जालको पुनरावलोकन बैठक सम्पन्न

  • 2 वर्ष पहिले

जनकपुरधाम,जेठ २६ गते ।वालवालिकाको अधिकारका लागि काम गरिरहेको धनुषा जिल्लाका आधा दर्जन भन्दा बढी संस्थाहरु सम्मिलित बाल संरक्षण सञ्जालको पुनरावलोकन बैठक जनकपुरधामा सम्पन्न भएको छ । सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजना तथा प्लान ईन्टरनेसनलको सहयोगमा भएको सो बैठकको अध्यक्ष केन्द्रका अध्यक्ष मञ्जु यादवले गर्नुभएको थियो । उक्त बैठकमा बोल्दै केन्द्रका बाल संरक्षण परियोजनाका पपिरयोजना संयोजक पुजा शर्माले परियोजना अन्तरगत जिल्लाको विभिन्न पाँच वटा पालिकाहरुमा बालबिबाह न्युनिकरण तथा लैँगिक हिँसा न्युनिकरणका क्षेत्रमा विभिन्न प्रकारका कामहरु गरिरहेको बताउनु भयो । सो परियोजना अन्तरगत केन्द्रका साथै आसमान नेपाल, जानकी महिला जागरण समाज, तथा सामुदायिक परिवार कल्याण संघले विभिन्न प्रकारका कामहरु गरिरहेको बैठकमा ति संस्थाका पदाधिकारीले जानकारी गराउनु भयो । उक्त संजालमा रहेका ओरेक नेपाल, माइति नेपाल, आफन्त नेपाल, शान्ति पुर्नस्थापना केन्द्र,लाईफ नेपाल, विभिएस नेपाल, बाल हेल्प लाईन लगायतका विभिन्न प्रकारका संस्थाहरुले बाल संरक्षणका लागि तथा लैँगिक हिँसाका विरुद्धमा गरिरहेको कामका सम्बन्धमा जानकारी गराएका परियोजनाका कार्यक्रम अधिकृत अनिल कुमार साहले जानकारी दिनुभयो ।

2 वर्ष पहिले    130 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology