• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मधेश प्रज्ञा प्रतिष्ठान संग १२ बुँदे माग प्रस्तुत

  • 3 वर्ष पहिले

जनकपुरधाम जेठ २६ गते ।विभिन्न १२ बूँदे माग सहित मैथिली भाषा साहित्य संग सम्बन्धी संग संस्थाहरुले मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्षलाई शुक्रबार ज्ञापनपत्र बुझाएका हुन। मैथिली साहित्यकार सभाका सभापाल प्रेमविदेह ललनको अगुवाईमा ७ वटा संस्थाले प्रतिष्ठानका अध्यक्ष रामभरोष कापड़ीलाई माग पत्र बुझाउदै मधेश प्रा प्रतिष्ठानमा मैथिली विभागको गठन गर्नुपर्ने, समावेशी मैथिली व्याकरणको प्रकाश तथा समावेशी मैथिली शब्द कोष निर्माण गर्नुपर्ने,प्रदेशका मातृभाषाहरुको सर्वेक्षण गर्नुपर्ने, प्रदेशको पहिलो भाषा मैथिलीलाई संबिधान बमोजिम कामकाजको भाषा बनाउनुपर्ने, प्रत्येक वर्ष पाँच जना लेखकको कृति प्रकाशन गर्नुपर्ने,मैथिली भाषाका त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्नुपर्ने माग गरेका छन् ।त्यस्तै,नेपालका मैथिली साहित्यकारहरुको परिचय कोषा निर्माण गर्नुपर्ने,मातृभाषामा शिक्षा प्रवद्र्धनका लागि मैथिली भाषामा शिक्षा प्रवद्र्धनका लागि जनचेतना अभियान संचालन गर्नुपर्ने, लोपोन्मुख तिरहुता लिपि(मिथिलाक्षर)को सम्बद्र्धना लागि प्रशिक्षण कार्यक्रम संचालन गर्नुपर्ने लगायतका माग राखिएको छ । उक्त माग पत्र बुझाउनेहरुमा मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललन, रंगदर्पणका अध्यक्ष रितेश पाटली, मिथिला नाट्यकला परिषदका अध्यक्ष परमेश झा, गणेश युवा कमिटीका अध्यक्ष संतोष महतो,रमानन्द युवा कमिटीका अध्यक्ष शशी भुषण झा, महावीर युवा कमिटीका अध्यक्ष बलराम साह, तथा जनचेतना अभियानका अध्यक्ष सुनिल यादव रहेका छन् ।

3 वर्ष पहिले    192 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology