• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

‘मैथिली भाषा, साहित्य र संस्कृतिको इतिहास समृद्ध छ’

  • 2 वर्ष पहिले

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले जनकपुरधाममा त्रि दिवसीय साहित्य महोत्सव ‘विमर्श’ को उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख मिश्रले मैथिली भाषा, साहित्य एवं संस्कृति निक्कै समृद्ध भएकोले यसलाई जनजनको भाषाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कतिपय मिथिलाको धरोहरहरू लोप हुन थालको बताउँदै तिनको संरक्षण एवं उजागर गर्न साहित्य महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

मैथिली साहित्यमा केन्द्रित भएर अडहुल र चनमा जस्ता गोष्ठीको सफल आयोजन गरिसकेको विमर्श फाउण्डेशनले जनकपुरधाममा हिजो साँझदेखि त्रि दिवसीय साहित्य महोत्सवको शुभारम्भ गरेको हो ।

विमर्श फाउण्डेशनको आयोजना र नेपोभिट टाइल्सको प्रायोजनमा सुरु भएको महोत्सवमा मैथिली भाषा, संस्कृति, समाज, पर्यावरण र साहित्यमाथि नेपाल र भारतका विशिष्ट व्यक्तिहरूले परिचर्चा गर्ने काम भइरहेको संस्थाका अध्यक्ष विभा झाले जानकारी दिनुभयो ।

विमर्शमा प्रा.डा. रामावतार यादव, विजय कुमार सिंह दनुवार, नागदेव यादव, उमाकान्त झा, रामभरोस कापडी, डा. कमल मोहन, डा. रमानन्द झा, डा. अरुणाभ सौरभ, बालमुकुन्द, अजित आजाद, कथाकार अशोक, प्रदीप बिहारी, गुञ्जन श्री, डा. तारानन्द वियोगी, डा. अशोक कुमार मेहता, नित्यानन्द मण्डल, रोशन जनकपुरी, डा. राजेन्द्र विमल, महेन्द्र मलंगिया, परमेश्वर कापडी, प्रेमलता मिश्र प्रेम, डा. भीमनाथ झा, सीके लाल, मंचला झा, रीता साह, मनिका झा, प्रियङ्का झा, कुमारी श्रेया, बिभा झा, करुणा झा, रुपा झा, खुशबु झा, मञ्जु यादव, संजु रानी मण्डल, विभा रानी, रंजु यादव लगायतका वक्ताहरूले चर्चा परिचर्चा गर्ने कार्यक्रम रहेको छ ।साभार : रेडियो नेपाल

2 वर्ष पहिले    161 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology