• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

आउँदो मङ्गलवारबाट नेपालमा मनसुन प्रवेश हुने पूर्वानुमान

  • 2 वर्ष पहिले

काठमाडौं । नेपालमा आउँदो मङ्गलवारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ ।अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मंगलबारदेखि नेपालमा बदली भई गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञडा. धर्मराज उप्रेतीले जानकारी दिए ।दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलवार वा बुधवार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तर भागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।चाँडो सक्रिय भइरहेको मनसुनलाई अरब सागरको आँधी र बङ्गालको खाडीको न्यून चापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने बताइएको छ । आज स्थानीय वायुका कारण काठमाडौं उपत्यकामा गर्मी सामान्य घटेको छ ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    109 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology