• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मालू पोखरेल बन्धुहरुको कुलपुजा कार्यक्रम स्थगित गर्न मालू पोखरेल समाजको अनुरोध

  • 4 वर्ष पहिले


दिपक बस्नेत


जेठ १३, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू पोखरेल बन्धुहरुको कुलपुजा कार्यक्रम स्थगित गर्न मालू पोखरेल समाजले अनुरोध गरेको छ ।
महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण यो बर्ष २०७८ सालमा परेको कुलपुजा स्थगित गरेको मालू पोखरेल सेवा समाज काठमाडौले सम्पुर्ण पोखरेल बन्धुहरुमा अनुरोध गरेको हो ।
जिल्ला प्रसाशन कार्यालय र गाउँपालिका कार्यालयबाट भिडभाड हुने कुनैपनि किसिमका गतिविधि नगर्न समेत सूचना भएकाले कुलपुजा स्थगित गरिएको समाजका अध्यक्ष गुणराज पोखरेल द्धरा हस्ताक्षरित अनुरोध पत्रमा भनिएको छ ।
समाजका अनुसार फेवाताल र वाहुण्डिहीका पोखरेलहरुबाट स्थगित गरिएको र गैरागाउँ, केउरिनी, महादेवस्थान, ठूलीखोरिय लगाएत अधिकांश पोखरेल बन्धुहरुको सल्लाह अनुसार यस विसम परिस्थितिमा कुलापुजा गर्नु असान्र्दभीक र असुरक्षित हुने भएकाले स्थगित गर्नु परेको समाजले जनाएको छ । स्थानिय स्तरमा आम्सिक रुपमा कुलपुजा गर्ने जानकारी आएकाले सो समेत नगर्न सेवा समाजले हार्दिक अनुरोध गरेको छ । समाजले अनुकुल समय आएपछि सल्लाह अुनुसार पोखरेल बन्धुको कुलपुला कार्यक्रम गरिने जानकारी गराएको छ ।



4 वर्ष पहिले    767 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology