• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

हाइब्रिड मोडलमै हुने भयो एसिया कप, भारत र पाकिस्तानसँग भिड्दै नेपाल

  • 2 वर्ष पहिले

काठमाडौं । लामो समयको अन्योल चिर्दै एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित भएको छ । एसियन क्रिकेट काउन्सिलले पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिता गर्ने लगभग टुंगो लगाएको हो ।क्रिकइन्फोले जनाएअनुसार पाकिस्तानी क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ लाई एसीसीले स्वीकृत गर्ने भएको छ । यसअनुसार प्रतियोगिताका १३ मध्ये ४ वा ५ वटा खेलहरू मात्र पाकिस्तानमा हुनेछन् । बाँकी खेलहरू श्रीलङ्कामा आयोजना हुने भएको छ ।प्रतियोगितामा भारतले सबै खेल श्रीलङ्कामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेको खण्डमा फाइनल पनि श्रीलंकामा नै हुनेछ ।यो सप्ताहान्तपछि प्रतियोगिता आयोजनास्थलबारे एसीसीले आधिकारिक घोषणा गर्ने क्रिकइन्फोले जनाएको छ । प्रतियोगिताको आयोजना १ देखि १७ सेप्टेम्बरभित्र हुने जनाइएको छ । पाकिस्तानमा हुने खेलहरू लाहोरमा खेलाइनेछन् ।पाकिस्तान र भारतबीचको राजनीतिक विवादले एसिया कप प्रभावित बनेको थियो । भारतले पाकिस्तानमा हुने प्रतियोगितामा आफ्नो टिम नपठाउने अडान लिएपछि प्रतियोगिता नै अन्योलमा परेको थियो । पाकिस्तानले गरेको हाइब्रिड मोडलमा एसीसीले रुचि देखाएको थिएन । पाकिस्तानले सुरुमा युएईलाई दोस्रो आयोजनास्थलका रूपमा अघि सारेकोमा बंगलादेशले त्यहाँको उच्च तापक्रमलाई देखाएर असहमति जनाएको थियो ।पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख नजाम सेठीले दुई साताअघि एसीसीका उपाध्यक्ष तथा ओमान क्रिकेटका प्रमुख पंकज खिमजीलाई हाइब्रिड मोडलको विस्तृत प्रस्ताव पेश गरेका थिए ।नेपालले पनि एसिया कपमा पहिलो पटक भाग लिँदैछ । यो प्रतियोगितामा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ । अर्को समूहमा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् । दुवै समूहबाट दुई वटा टोली सुपर फोरमा जानेछन् । सुपर फोरबाट टप २ टिम फाइनलमा प्रवेश गर्नेछन् ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    166 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology