• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मधेशमा मुख्यमन्त्रीलाई एमालेले किन दियो विश्वासको मत ? शंकर पोखरेलले दिए कारण

  • 2 वर्ष पहिले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा (एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएको बताएका छन्।एमालेले नै समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन बाध्य भएका मुख्यमन्त्री सरोजकुमार यादवलाई मङ्गलवार एमालेले पनि विश्वासको मत दिएको थियो।उनले कोशी प्रदेशतर्फ संकेत गर्दै बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरूले पनि रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको बताएका छन्। माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको कोशी प्रदेश अल्पमतमा छ।उनले फेसबुकमा लेखेका छन्, ‘जसपा नेतृत्वको मधेश प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा(एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ।’मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको उनको बुझाइ छ।मङ्गलवार मधेशका मुख्यमन्त्रीलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभाका सबै दलले विश्वासको मत दिएका थिए।मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १०३ सांसदले मत दिएका थिए। प्रदेशसभामा १०७ सांसद छन्।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    178 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology