• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

अवैध भित्रिएका भारतीय गुट्खा बरामद

  • 2 वर्ष पहिले

बर्दिबास, असार १ गते । महोत्तरी सर्लाही सीमा नजिकको गौसला नपा ७ स्थित जयपुर गाउँ नजिकबाट प्रहरीले विभिन्न ब्रान्डका भारतीय गुट्खा बरामद गरेको छ । प्रहरीले २०० बट्टा राजनीवास, ४० बट्टा तुलसी र ४० बट्टा रजनीगन्धा नामका गुट्खा नियन्त्रणमा लिएको हो । स्थानीय व्यापारीका अनुसार बरामद गुट्खा ४ लाख बढी मूल्यको हो । सर्लाही आसपासका क्षेत्रमा सीमा तस्करको गतिविधि बढेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाको टोलीले छ वटा प्लास्टिकको बोरासहित शुक्रवार बिहान उक्त गुट्खा बरामद गरेको जनाएको छ । महोत्तरी सर्लाही नजिकको भारतीय क्षेत्रबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गस्ती प्रहरीलाई देखि गुट्खा सहितका बोरा छाडी तस्कर भागेका थिए । नियन्त्रित गुट्खा आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारमा बुझाइएको जिल्ला प्रहरीले जनाएको छ । साभार : गोरखापत्र

2 वर्ष पहिले    133 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology