• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

वैवाहिक अंगीकृतको समस्या मधेशमा मात्र होइन्, पहाडमा पनि छ: योगेश भट्टराई

  • 2 वर्ष पहिले

जनकपुरधाम । नेकपा एमालेका नेता योगेश भट्टराईले वैवाहिक अंगिकृतको समस्या मधेशमा मात्र नभएर पहाडमा पनि रहेको बताएका छन् ।जनकपुरधाममा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले नागरिकता समस्या समाधानमा एमाले बाधक नबनेको बताए । विदेशी महिलाले विवाह गरेर आउँदा नेपाली नागरिकता लिन केहि समय पर्खिनुपर्ने व्यवस्था मात्र गर्नुपर्ने उनले बताए ।‘विदेशबाट विवाह गरेर आउनेलाई कुनै समस्या नहोस् भनेर परिचयपत्र दिनुपर्छ,’ उनले भने, ‘त्यो परिचयपत्रले बैंक खाता खोल्न, विदेश आवतजावत गर्न वा दैनिक जीवनमा समस्या हुनुहुदैन् ‌। तर नागरिकताका लागि केहि समय सिमा राख्ने व्यबस्था हुनुपर्छ ।’मधेशमा मात्र भारतबाट विवाह गरेर महिलाहरु आउने गरेको छैन्, पहाडमा पनि सिक्किम दार्जिलिङबाट महिला आउने गरेको भन्दै नेता भट्टराईले भने, ‘विवाह गरेर आउने विदेशी महिलालालाई नागरिकता दिन समय सीमा राख्नुपर्ने भनेपछि त्यसलाई गलत व्याख्या गर्ने गरिएको छ ।”मधेशमा विवाह गरेर आउने विदेशी महिलालालाई मात्र कन्ट्रोल गर्न नखोजेको नेता भट्टराईले प्रस्ट्याए । एमाले जहिल्यै नागरिकता समस्या समाधान गर्ने पक्षमा रहेको र रहने उनको भनाई थियो ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    146 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology