• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

धनुषाका एसपी खड्काविरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी

  • 2 वर्ष पहिले

जनकपुरधाम । धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्का विरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू आज प्रदर्शन गरेका छन् ।भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एमालेले एसपी खड्काविरुद्ध प्रदर्शन गरेको हो ‌। एमालेका नेता कार्यकर्ताहरू जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै एसपी खड्का र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मा विरुद्ध प्रदर्शन गरे ।प्रदर्शनको नेतृत्व पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य उमाशंकर अरगरियाले गरेका थिए । उनले भ्रष्टाचारी र भ्रष्टाचारीको संरक्षक विरुद्ध प्रदर्शन गरेको बताए ।शुक्रवार दिउँसो युवाहरूको एक समूहले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालो मोसो दलेका थिए । उक्त घटनामा संलग्नहरुमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेपछि एमालेले एसपी विरुद्ध प्रदर्शन गरेको बुझिएको छ ।शिक्षक सरुवा, पदस्थापन, शिक्षक नियुक्ति लगायतको काममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्माले घुस खाएको भन्दै उनलाई युवाहरूको समूहले कालो मोसो दलेको थियो ।साभार : नेपाल प्रेस

  

 

2 वर्ष पहिले    216 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology