• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

चुरे संरक्षण दिवस मनाइयो

  • 2 वर्ष पहिले

काठमाडौं । नवौँ चुरे संरक्षण दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशै भरी मनाइएको छ ।राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षारोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् ।सरकारले २०७१ असार २ गते समितिको गठन गरेको थियो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो ।दिवसका अवसरमा डिभिजन वन कार्यालय उदयपुरको आयोजना तथा डिभिजन वन कार्यालय हडिया सुन्दरपुरको समन्वयमा जिल्लाकै ठुलो नदी त्रियुगा नदीको उकास जग्गा आसपासका क्षेत्रमा वृक्षारोपण गरिएको छ ।चौदण्डीगढी नगरपालिका १० स्थिति महाभारत सामुदायिक वन उपभोक्ता समितिको हाताभित्रको नदी उकास रहेको २० हेक्टर जग्गामा खयर, अमला र टिक जातको बिरुवा रोपेर दिवस मनाइएको हो ।दिवस अन्तर्गत नै झन्डै एक हेक्टर जमिनमा खयरको बिउ मैकै रोपेझैँ रोपिएको छ ।पूर्वी नेपालको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३७ वटा जिल्लामा फैलिएको चुरे कूल भू–भागको १२ दशमलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको छ ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    119 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology