• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

‘आदिपुरुष’का लेखकको विवादित बयान- १९०३ सम्म नेपाल भारतकै हिस्सा थियो

  • 2 वर्ष पहिले

काठमाडाैं । विवादी भारतीय चलचित्र आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले नेपालको राष्ट्रियतामाथि धावा बोल्दै विवादित बनान दिएका छन् ।‘सीता भारतकी बेटी’ डायलग नहटाएसम्म नेपालमा कुनैपनि फिल्म प्रदर्शन हुन नदिने अडानकाबीच उनले नेपाल भारतको हिस्सा रहेको बताएका हुन् ।उनले एक टिभी अन्तरवार्तामा भनेका छन्, ‘नेपालको विरोध किन हो म सम्झिरहेको छैन । फिल्ममा देखाइएको कथावस्तु जहिलेको हो त्यो बेला नेपाल भारतको हिस्सा थियो । सन् १९०३ या ४ को कुरा हो नेपाल भारतबाट अलग भएको थियो ।’उनले अन्तरवार्तामा भनेको अंश यस्तो छ, ‘नेपालका विरोध मे समझ नहीँ पाया । जबकि कहानी हे नेपाल भारतका अंश हुवा कर्ता था । तब हम भारतकी बेटी कहेंते हे सीताको तो नेपाल कौन्सा भारतसे अलग था । नेपाल तो भी १९०३ या ४ की बात जब नेपाल भारत से अलग हुवा हे । नेपाल वाज भेरि मच इन्डिया । तो उस सहिसाब से भारतकी बेटी थि सीता ।’उनले अगाडि भनेका छन्, राष्ट्रको रूपमा आज पनि नेपाल र भारत अलग नरहेको टिप्पणी गरेका छन् ।

उनको भनाई जस्तो त्यस्तै

 नेपालले विरोध किन गरिरहेको छ सम्झिरहेको छैन । फिल्ममा देखाइएको कथावस्तु जहिलेको हो । त्यो बेला नेपाल पनि भारतको हिस्सा थियो । सन् १९०३ या ४ को कुरा हो नेपाल भारतबाट अलग भएको थियो । त्यही कारण सीता भारतकी बेटी थिइन् । एक कुरा के भने उनीहरू आज पनि हाम्रो भाइ हुन् । हामी नै हुन । म नेपालका जनताहरूलाई आफूभन्दा अलग मान्दिन । अनि राष्ट्रका हिसाबले आज पनि भारत र नेपाल अलग छैनन् । हुन सक्छ देशका हिसाबले अलग हुन् । हुन सक्छ सीमानामा हिसाबले अलग हुन् ।
साभार : नेपाल प्रेस

2 वर्ष पहिले    183 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology