• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

बिस वर्ष उमेर पूरा गरी छोराछोरीलाई विवाह गर्ने ४१ अभिभावक सम्मानित

  • 2 वर्ष पहिले

जलेश्वर, असार ५ गते । बिस वर्ष उमेर पूरा गरी छोराछोरीलाई विवाह गर्ने ४१ जना अभिभावकलाई यहाँ सम्मान गरिएको छ। मटिहानी नगरपालिकाको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाले बालविवाह न्यूनीकरण गर्ने उद्देश्य साथ उमेर पूरा गरी छोरीलाई विवाह गर्ने अभिभावकलाई प्रोत्साहन गर्न सम्मान गरेको हो। नगरपालिका क्षेत्रमा ३७ प्रतिशतभन्दा बढी बालविवाह अझै पनि हुने गरेकाले सो प्रतिशत घटाउन अभिभावकलाई नै सम्मान गरेर प्रोत्साहन गरेको नगर प्रमुख हरिप्रसाद मण्डलले बताउनुभएको छ। अभिभावकलाई नगर प्रमुख मण्डल र प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो। बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले वडाले सिफारिस गरेका अभिभावकलाई सम्मान गरिएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दासले बताउनुभएको छ। प्रमुख जिल्ला अधिकारी पहाडीले बालविवाह सामाजिक अपराध भएको बताउँदै अझै समाजमा बालविवाह जस्तो सामाजिक कुरीति व्याप्त रहेकोले त्यसको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो।  साभार : गोरखापत्र

2 वर्ष पहिले    134 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology