• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जनकपुरधाममा भाटभटेनीको २५ औँ स्टोर सञ्चालनमा

  • 2 वर्ष पहिले

नकपुरधाम । जनकपुरधाममा आज देखि नेपालको ठूलो सुपर मार्केटको रुपमा रहेको भाटभटेनी सुपरस्टोर आज देखि सञ्चालनमा आएको छ ।जनकपुरधामको वडा नंं १४ मुजेलीमा सञ्चालनमा आएको सो सुपर स्टोर प्राइभेट लिमिटेडलाई भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले विशेष पूजापाठको आयोजना गरेर शुभारम्भ गर्नु भएको छ । २५ औ स्टोरको रुपमा जनकपुरधाममा भाटभटेनी सञ्चालनमा आएको छ ।  दुई सय करोड भन्दा  बढीको लगानी भएको भाटभटेनी सुपर मार्केटमा उपभोक्तालाई चाहिने हरेक उपभोग्य सामाग्रीहरू एक्कै ठाउँमा उपलब्ध गरेको छ । १ विघा भन्दा बढी क्षेत्रफलमा फैलिएको भाटभटेनी सुपर स्टोरमा स्वदेश तथा विदेशमा उत्पादन भएका सम्पूर्ण सामाग्रीहरू बिक्रीका लागि राखिएको छ ।मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा शुरु भएको भाटभटेनी सुपर स्टोरको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा निर्माण व्यवसायी एवं जग्गा विक्रेता बलराम महतो रहनु भएको थियो ।भाटभटेनी सुपर स्टोर सञ्चालनमा आएपछि हालका लागि २ सय युवा युवतिलाई रोजगारी मिलेको छ । पूर्ण रुपमा सञ्चालनमा आएपछि यसमा साढे तीनसय जना स्थानीयलाई रोजगारी मिल्ने सञ्चालक गुरुङले जानकारी दिनु भयो । साभार : रेडियो नेपाल

2 वर्ष पहिले    117 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology