• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

नागरिकको जीवन रक्षाको लागि सहयोग गर्ने समाजसेवी युवा उद्धव खाती

  • 4 वर्ष पहिले

दिपक बस्नेत


जेठ ३०, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरे स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेका नागरिक कोरोना भाइरस (कोभिड १९) बाट आक्रान्त भएपछि नागरिकको जिवन रक्षाको लागि समाजसेवी युवा उद्धव खातीले करिब साठ्ठी हजार रुपयाँ बरावरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा व्यवसायी उद्धव खातीद्धारा दुई थान चालिस लिटर अक्सिजन ग्याँस सिलिण्डर, १० लिटर सेनिटाइजर, ५०० पिस माक्स हस्तारन्तर गर्नुभएको छ ।
तामाकोशी गाउँपालिकाको वडा नम्वर ५ सहरे कोरोना संक्रिमितको संख्या धेरै भएको वडा हो । वडाका संक्रमितको उपचारकमा सहयोग पुगोस् भन्ने उद्देश्यले समाग्री हस्तान्तरण गरिएको समाजसेवी खातीको भनाई छ ।
सहरे स्वास्थ्य चौकीका ईन्चार्ज युवराज के.सी ले स्वास्थ्य सामाग्री बझ्दै समाजसेवी युवा उद्धव खातीले समय सन्र्दभिक स्वास्थ्य सामाग्री दिएको र यसको उपयुक्त प्रयोग गर्ने बताउँनुका साथै खातीलाई धन्यवाद समेत व्यक्त गर्नु भयो ।
स्वास्थ्य समाग्री तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेका वडा अध्यक्ष राजकुमार रोकाहा लगाएत स्थानियको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ । समाजसेवी तथा नेकपा माओवादी केन्द्रका युवा नेता खातीले विगतमा पनि सहरे युवा सन्जाललाई पन्ध्र हजार र पत्रकार महासंघ दोलखा शाखालाई पच्चिस सय रुपयाँ सहयोग गरि सक्नु भएको छ ।

4 वर्ष पहिले    1106 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology