• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई ह्वाइटहाउसमा भब्य स्वागत

  • 2 वर्ष पहिले

एजेन्सी । अमेरिकाको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगेका छन्।राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले मोदीलाई ह्वाइटहाउसमा भय स्वागत गरेका हुन्। बाइडेन र मोदीबस्च हिबीबार ह्वाइटहाउसमा दुई पक्षीय वार्ताको कार्यक्रम रहेको छ ।मोदीको स्वागतमा सवै कूटनीति प्रोटोकल खुला गरेको अमेरिकाले भारतसँगको बिहीबारको वार्तालाई शिखर सम्मेलन भनेको छ । रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा केन्द्रीत हुने वार्ताले आगामी दशकका लागि रणनीतिक रोडम्याप तयार पार्ने विश्लेषण गरिएको छ ।रक्षा र प्रविधि बाहेक विकास र ब्यापारमा साझेदारी पनि वार्ताको अर्को महत्वपूर्ण पक्ष हुने छ ।हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन भारतलाई साथ लिने रणनीतिमा रहेको अमेरिकाले आफ्ना बहुराष्ट्रिय कम्पनीहरुलाई चीनबाट भारततर्फ सार्दै आएको छ ।राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले बिहीबार साँझ मोदीको सम्मानमा रात्रिभोज आयोजना गर्दैछन् । रात्रीभोजमा राजनीति, आर्थिक र रक्षा क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूलाई आमन्त्रण गरिएको जनाइएको छ । मोदीले शुक्रबार अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । साभार : मिडिया डबली

2 वर्ष पहिले    126 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology