• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

नागरिकता पाउने बाटो खुलेपछि मधेशमा खुशीयाली

  • 2 वर्ष पहिले

काठमाडौँ । अदालतको आदेशसँगै नागरिकता पाउने बाटो खुलेपछि मधेशमा सर्वसाधारणले खुशीयाली मनाएका छन् । मधेका चोक चोकमा दीपावली गर्दै मधेसी युवाहरुले खुशीयाली मनाएका छन् ।  सोही क्रममा काठमाडौँको मैतीघर मण्डलामा पनि तराई मधेशका युवाहरुले खुशीयाली मनाएका छन् ।नागरिकताकै विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले आमरण अनुसन नै सुरु गरेका थिए । उनले आमरण अनसन सुरु गरेको सातौं दिनमा नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । बिहिवार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो ।8

नेता शर्माको अनसन तोडाउनका लागि प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल माइतीघर पुगेका थिए ।  अनसन तोड्दै नेता शर्माले अदालतको आदेशले सदाका लागि नागरिकता समस्याको समाधान भएको बताउँदै यो दिन लाखौ नागरिकको लागि ऐतिहासिक दिन भएको धारणा राखे । उनले प्रधानमन्त्री प्रचण्ड र गठबन्धन दललाई धन्यवाद समेत दिएका छन् । माइतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका नेता एवं अधिवक्ता दीपेन्द्र झाले २०४९ सालदेखि नागरिकताका लागि लगातार संघर्ष हुँदै आएपनि २०८० मा मात्र आएर नागरिकता पीडितले नागरिकता पाउने सुनिश्चितता भएको बताए ।  

madhes-khusi (4)

सो कार्यक्रमलाई जनता प्रगतिशिल पार्टीका उपाध्यक्ष डा.शिवजी यादव, नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले पनि सम्बोधन गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि काठमाडौँलगायत देशैभर आन्दोलन सुरु भएको थियो । 

madhes-khusi (2)

साभार : रातोपाटी

2 वर्ष पहिले    100 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology