• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

बाल श्रमलाई रोक्न युवा संजालसंग आसमानको अन्तरक्रिया

  • 2 वर्ष पहिले

जनकपुरधाम , असार ९ गते । बाल श्रमलाई न्युनिकरण गर्न कार्यरत विभिन्न संस्थाहरु संग आसमान नेपालले शनिबार जनकपुरधाममा अन्तरक्रिया गरेको छ । आसमान नेपालको आयोजनामा लिसनिङ टु द एक्सपर्ट परियोजना अन्तरगत युवा सञ्जाल धनुषा संग भएको सो अन्तरक्रियामा श्रमिक बालबालिकाहरुको सहभागिताको अधिकार सुनिस्चित गर्न सहभागीहरुले आवाज उठाएका थिए । परियोजनाका संयोजक दिपेन्द्र तिवारीले संचालन गर्नुभएको सो अन्तरक्रियामा बोल्दै जिल्ला युवा सञ्जाल धनुषाका अध्यक्ष कुलदिप साहले श्रममा रहेका बालबालिकालाई कामबाट छोडाउन उनिहरुको अभिभभावकलाई जनचेतना फैलाउने र स्थानीय सरकार संग श्रमिक बालबालिकाको सहभागिता सुनिस्चि तगर्न आफुहरु प्रभावकारी भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा बोल्दै बाल श्रमको क्षेत्रमा काम गर्ने संघ संसथाहरुले बालश्रम न्युनिकरण गर्न युवाहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताएका छन् । बैठकमा सहभागी रोशनी साहले विगतमा अगरबत्ती फैक्ट्रीमा काम छाडेर हनुमान सामुदायिक अध्ययन केन्द्रको परामर्शमा सहभागी भएपछि काम छाडेर पढ्न सुरु गरेको बताए ।सो कार्यक्रममा जिल्ला युवा सञ्जा धनुषाका कार्य समितिका पदाधिकारी, मधेश प्रदेश युवा सञ्जालका पदाधिकारी, बालश्रमका क्षेत्रमा काम गर्ने संस्घसंस्थाहरु त्था श्रमिक बालबालिकाहरुको सहभागिता रहेको थियो ।

2 वर्ष पहिले    130 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology