• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

  • 2 वर्ष पहिले

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका-७ स्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको हत्या भएको छ ।मिर्चैया नगरपालिका-८ घर भई सुरक्षा गार्डको रूपमा कार्यरत अन्दाजी ५० वर्षीय किशोरी राय कुर्मीको हत्या भएको हो । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै आज बिहान उनको शव फेला परेको छ । राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।संस्थाका सचिव टीकाराम पोखरेलले कार्यालय पुग्दा कुर्मीलाई मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले गार्ड कुर्मीको हत्या कसले गर्‍यो भनेर अनुसन्धान भइरहेको बताए ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    133 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology