• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको २०७८/७९ को योजना तर्जुमा बैठक सम्पन्न

  • 4 वर्ष पहिले

दिपक बस्नेत 


जेठ ३१, तामाकोशी ।

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको २०७८/७९ को योजना तर्जुमा बैठक सम्पन्न भएको छ ।
गाउँपालिकाका प्रबक्ता एवंम वडा नम्बर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा विभिन्न कार्यक्रम, विकास निमार्णका कामकाबारेमा छलफल भएको थियो ।
पालिकाले वडामा संचालन गरेका कार्यक्रम, आगामि आर्थिक बर्षमा संचालन हुने कार्यक्रम र विकास गतिविधिका बारेमा स्थानियले चासो र गुनासो व्यक्त गरेका थिए । कार्यक्रममा वडाका राजनितिक दलका नेता कार्यकर्ता, विद्धिजिवि, सरोकारवाला व्यक्ति, शिक्षक, जनप्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधि, समुदायिक बनका प्रतिनिधि, महिला, दलित लगाएत स्थानियको उल्लेख्य सभागिता रहेको थियो ।
वडा भित्रका सहभागिहरुले टोलसमाजमा आवश्यक विकास निमार्णको माग गर्नुका साथै वडाको र्दिगकालिन विकासको योजना बनाउँनु पर्ने, योजनाको विर्गिकृत गर्नुपर्ने, विभेद रहित कार्य गर्नुपर्ने , उपभोक्ता समितिमा सवै पक्ष समेटिनु पर्ने लगाएतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विषेश गरि खानेपानि, सडक, शिक्षा लागाएतको विषयमा उठान गरिएको थिए ।

4 वर्ष पहिले    925 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology