• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

नगराईन नगरपालिकाका नगर प्रमुख बिनय यादवले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाए

  • 2 वर्ष पहिले

जनकपुरधाम । धनुषाको नगराईन नगरपालिकाका नगर प्रमुख बिनय यादवले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन्। किसानको खेतमा पुगेर नगर प्रमुख यादवले रोपाहारहरुसँगै धानको रोपाइँ गरेका छन्। नगर प्रमुख यादवले आफैँ खेतमा पुगेर धान रोप्न थालेपछि किसान तथा कृषि मजदुरहरु खुसी भएका छन्। बिना कुनै तामझाम नगर प्रमुख यादवले धानको रोपाईँ गरेका हुन्। धनुषाको मुख्य बाली धान रहेको र धानखेती गर्न कसैले अप्ठ्यारो मान्न नहुने सन्देश नगर प्रमुख यादवले दिएको नगराईनका स्थानीयहरुले बताएका छन्। नगर प्रमुख यादवले धान दिवस मनाउँदै किसानसित धान रोपेर सबै वर्गका मानिसले हिलोमाटोमा खेती गरेर देशलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने बताएका छन्। धान रोपाइँ गरिसकेपछि नगर प्रमुख यादवले रोपाहारसित बसेर दही, चिउरा र आँप पनि खाएका छन्। राष्ट्रिय संस्कृतिको प्रर्वद्धनमा हरेक नागरिकको भूमिका हुनुपर्ने नगर प्रमुख यादवको भनाइ छ।

 

2 वर्ष पहिले    73 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology