• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जनकपुर जेसिजमा सदस्यता विवाद, अध्यक्षले विधान मिचेको आरोप

  • 2 वर्ष पहिले

जनकपुरधाम- जनकपुर जेसिजमा नयाँ सदस्यता थप्ने विषयमा विवाद उत्पन्न भएको छ।अध्यक्ष अभिषेक चौधरीले विधानविपरित नयाँ सदस्यता दिएपछि जनकपुर जेसिजमा विवाद सिर्जना भएको हो।अध्यक्ष चौधरीले विधानविपरित गएर नयाँ सदस्यता थपेको कार्यसमितिका एक पदाधिकारीले आरोप लगाएका छन्।विधानले बढीमा ३० जना नयाँ सदस्य बनाउने व्यवस्था गरे पनि अध्यक्ष चौधरीले आफूखुशी सयभन्दा बढी सदस्य थपेको ती पदाधिकारीको भनाइ छ।‘विधानले हरेक वर्ष बढीमा ३० जना नयाँ सदस्य थप्न सकिने व्यवस्था गरेको छ। तर, अध्यक्षले विधानको व्यवस्था मिचेर करिब १४७ जना नयाँ सदस्य बनाउनुभएको छ,’ उनले भने,‘बोर्ड मिटिङमा समेत राम्ररी छलफल भएको छैन। जबरजस्ती निर्णय लाद्ने काम गर्नुभएको छ।’विधानविपरित गएर थपिएका नयाँ सदस्यहरूलाई स्वीकार्य गर्न नसकिने उनले बताए।सन् २०२० मा विधान संशोधन भएर हरेक वर्ष बढीमा ३० जना नयाँ सदस्य थप्ने व्यवस्था गरिएको भए पनि अध्यक्षले यसलाई मिचेको उनको आरोप छ।ती पदाधिकारीका अनुसार २०२१ मा संशोधित विधानबमोजिम नै नयाँ सदस्यता वितरण भएको थियो।२०२२ मा विवादका कारण नयाँ सदस्यता नै नबाँडिएको र अहिले एकैपटक सयभन्दा बढीलाई नयाँ सदस्यता दिने काम भइरहेको उनको भनाइ छ।विधानमा धारा ११ ‘क’ पछि थप गर्न शीर्षकमा नयाँ सदस्यता वितरण सम्बन्धमा भनिएको छ,‘यसरी नयाँ सदस्यता प्रदान गर्न परेको आवेदनहरूमध्ये सञ्चालक समितिले निर्णय गरी उचित ठहरी आएबमोजिम एक वर्षमा ३० सदस्यमा नबढ्ने गरी सदस्यता प्रदान गरिनेछ।’भोटको राजनीति गर्न अध्यक्षले विधान मिचेर नयाँ सदस्यता वितरण गर्न लागेको पदाधिकारीहरूले आरोप लगाएका छन्।साभार : आयोमेल

2 वर्ष पहिले    127 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology