• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

‘महिलाहरूलाई सबल र सशक्त बनाउन उत्पादनसँग जोड्न जरुरी’

  • 2 वर्ष पहिले

जनकपुरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता कुमारी यादवले आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्न महिलाहरूलाई उत्पादनसँग जोड्न आवश्यक भएको बताउनुभएको छ ।नेपाल सरकारको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र काठमाडौँले जनकपुरधाममा आयोजना गरेको निकासीयोग्य वस्तुको उत्पादनका लागि क्षमता वृद्धिका साथै ब्राण्डिङ्ग, प्रशोधन, प्याकेजिङ्ग एवं गुणस्तर नियन्त्रण सम्बन्धी प्रशिक्षणमा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउनका लागि मिथिलाका महिलाहरूले घर घरमा उत्पादन हुने अदौरी, दनौरी, तिलौरी, चरौरी, कुम्हरौडी, अरिकोच जस्ता खाद्यान्नको परिकारहरूको वैज्ञानिक उत्पादन तथा प्रशोधनका साथै बजारीकरण हुन आवश्यक भएको बताउनुभयो ।

माओवादी केन्द्रका नेतृ समेत रहनुभएका मन्त्री यादवले सीपलाई उद्योगसँग जोड्न सके मधेशका महिलाहरूमा रहेको पछौटेपनाको समस्याको अन्त्य हुनुका साथै आत्मनिर्भर बनाइ महिलामाथि हुने हिंसामा कमी ल्याउन सकिने बताउनुभयो ।पाँच दिनसम्म चलेको प्रशिक्षणको संयोजन गर्नुभएका इन्जिनियर प्रकाश झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षार्थी अर्पणा देवी मिश्रले सिकेका ज्ञानलाई कार्यरुपमा उतार्न र उत्पादनलाई व्यावसायिक बनाउन मेसिन तथा प्रविधि आवश्यक भएको बताउनुभयो ।साभार : रेडियो नेपाल

2 वर्ष पहिले    171 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology