• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सिंहदरबारमा शीर्ष नेताहरूसँग सभामुखको बैठक, संसदीय समितिका सभापति चयनबारे छलफल

  • 2 वर्ष पहिले

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङ र प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

बैठकमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताइएको छ । वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो ।

समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरू भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।प्रमुख दलका प्रमुख सचेतक, कार्य व्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक-पटक सभापति चयन गर्न समय सीमा नै तोक्दा पनि दलहरूले प्रयत्न गरेका छैनन् ।

 साभार : नेपाल प्रेस

2 वर्ष पहिले    97 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology