• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

शानदार जीतसहित नेपालले उचाल्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

  • 2 वर्ष पहिले

काठमाडौं । नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ ।२ सय ५३ रनको लक्ष्य पच्छ्याएको मलेसिया ३१ रनमा समेटियो। मलेसियालाई सस्तोमा समेट्न नेपालका अभिशेख तिवारी एक्लैले ५ विकेट लिए।सन्तोष यादबले ३ तथा सागर गैरे र अशोक धामीले एक एक विकेट हात पारे। मलेसियाले १४.५ ओ‌भरमा सबै विकेट गुमाएको थियो।मलेसियाका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए। मलेसियाले पहिलो ओभरमै २ विकेट गुमाएको थियो।अभिशेकले ६ ओभरमा एक मेडन राख्दै ७ रन खर्चिए। ३ ओभर बलिङ गरेको सन्तोषले २ मेडन राख्दै ९ रन दिएका थिए।यसअघि नेपालले निर्धार ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । उनले १० चौका र २ छक्का हानेका थिए ।यस्तै निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    117 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology