• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

काँग्रेस जिल्ला सभापतिको भेला आजदेखि

  • 2 वर्ष पहिले

काठमाडौँ, असार २१ गते ।  नेपाली काँग्रेसका जिल्ला सभापतिहरू काठमाडौँमा भेला भएका छन् । आजबाट सुरु हुने जिल्ला सभापतिहरूको भेलामा सहभागी बन्न उहाँहरू काठमाडौँ आउनुभएको हो । भेला दिउँसो १२ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौँ बोलाएका  हुन् । भेला शुक्रवारसम्म सञ्चालन हुनेछ । बैठकमा मुख्य छलफल पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे हुनेछ ।क्रियाशील सदस्यको जिल्लागत अवस्था, पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका विषयसहित छलफल हुने जनाइएको छ । साभार : गोरखापत्र

2 वर्ष पहिले    121 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology