• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

चर्चामा प्रभासको सालार, टिजरलाई रुचाए फ्यानले

  • 2 वर्ष पहिले

मुम्बई । आदिपुरुषपछि प्रभास स्टारर फिल्म सालारको चर्चा अहिले जताततै छ । रिलिज अगावै फिल्मले पाइरहेको माया हेर्दा सालार हिट हुने देखिन्छ । यसैबीच प्रशान्त नील निर्देशित फिल्म सालारको टिजर रिलिज भएको छ, जसको सामाजिक सञ्जालमा तिब्र चर्चा भइरहेको छ । यति मात्र होइन, सालारले विश्व कीर्तिमान पनि हल्लाउन सक्ने फ्यानहरूले प्रतिक्रिया दिँदै आएका छन् । केही फरक गर्ने सोच बनाएर निर्माण पक्षले आज अर्थात असार ६ गते बिहान ५ः१२ बजे टिजर आउने घोषणा गरेर दर्शकमाझ उत्साह बढाएको थियो । टिजरमा दमदार एक्सन र जबरजस्त संवादको झलक देख्न सकिन्छ ।फिल्ममा प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हासन, ईश्वरी राव, जगपति बाबु, श्रीया रेड्डीलगायतको अभिनय छ ।   फिल्म आगामी सेप्टेम्बर २८मा तेलुगु, कन्नड, मलयालम, तमिल र हिन्दीसहित ५ भाषाहरूमा  प्रदर्शन हुनेछ।

साभार : रातोपाटी

2 वर्ष पहिले    169 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology