• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

नेकपा एमालेका प्रदेशसभा सदस्यहरूद्वारा मधेश प्रदेशको बैठक अवरुद्ध

  • 2 वर्ष पहिले

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सभाका सदस्यहरुले अवरोध गरेका छन् । प्रदेश सभाको बैठक शुरु भएपछि नेकपा एमालेका प्रमुख सचेतक लखन दास तत्माले अर्थमन्त्री संजय कुमार यादवले आफ्नो गृह जिल्ला सर्लाही जिल्लामा २२ वटा योजनमा करिब १४ करोड बरावरको योजनामा रकमान्तरण गरेर नीतिगत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्रीले जवाफ दिनु पर्ने माग गर्दै बैठक अवरुद्ध गर्नु भएको छ ।एमाले मुख्य सचेतक दासले मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयले २० करोड तथा पर्यटन मन्त्रालयले ८ करोड रकमान्तरण गरेको, नेकपा एमालेका मेयर रहेको धनुषाको विदेह नगरपालिकामा सशर्त अनुदानको रकम किन नपठाएको र बिचौलियाहरूको मिलोमतोमा ५ देखि १० प्रतिशत कमिसन लिएर रेड बुकमा योजना समावेश गर्ने काम भएको भन्दै मुख्यमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको भनेपछि नेकपा एमालेका सबै प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो सिटमा उठेर विरोध जनाउनु भएपछि बैठक अवरुद्ध भएको छ । 

एमालेका प्रमुख सचेतकले अवरुद्ध गरेपछि उपनेता दीपेन्द्र ठाकुरले पनि बजेट आइसकेको वेलामा विभिन्न योजनाहरूमा बजेट रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्रीको जवाफको माग गर्नु भयो ।  सभामुख रामचन्द्र मण्डलले पटक पटक रुलिङ गरेर नेकपा एमालेका प्रदेश सभाका सदस्यहरूलाई बस्नका लागि आग्रह गरेपछि पनि सिटमा नबसेपछि प्रदेश सभाको बैठक १० मिनटका लागि स्थगित भएको छ । यस अघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक करिब पोने दुई घण्टा ढिलो गरेर शुरु भएपनि एमालेका अवरोधका कारणले पौने पाँच मिनटमा नै स्थगित भएको छ । साभार : रेडियो नेपाल

2 वर्ष पहिले    98 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology