
मंगलमको निःशुल्क थाईराई मधुमेह परिक्षण शिविरको यात्रा जारी
जनकपुरधाम,असार २३ गते ।जनकपुरधामको अधिकांश ल्यावमा मधुमेह तथा थाईराइडको सहि परिक्षण विना नै विरामीलाई औषधी सेवनले समस्या भईरहेको बेलामा ख्याती प्राप्त मंगलम् डाइग्नोष्टिक सेन्टर प्रा.लि. सुरु गरेको निःशुल्क थाईराइड र मधुमेहको शिविर तेस्रो शनिबार पनि जारी रहयो । जनकपुरधामको तिरहुतिया गाछी देखि सुरु गरेको सो शिविर गत शनिबार जनकपुरधामको देवी चोकमा समेत शिविर सम्पन्न भएको थियो । शनिबार जनकपुरधाम ११ स्थित लक्षमण अखाडा स्थित जनता आधारभूत विद्यालयमा भएको सो निःशुल्क शिविरमा एक सय २९ जना महिला र ६४ जना पुरुष गरी कुल एक सय ९३ जनाले थाइराईड र मधुमेहको परिक्षण गराइएको सो डाइग्नोष्टिक सेन्टरका व्यवस्थापक नरेश लाभले जानकारी दिनुभयो । मनोकामना युवा कमिटीको आग्रहमा भएको सो शिविरको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गर्नुभएको थियो । पछिल्ला समयमा थाईराईडका विरामीको संख्यामा बृद्धि भईरहेको देखिएको छ । सही ल्याब रिपोर्टको आभवामा अधिकांश व्यक्तिमा थाईराईडको अवस्था सामान्य भएपनि औषधी सेवन गर्न चिकित्सकले भनेपछि बिरामीलाई औषधी सेवन गर्दा थाइराईड थप बड्ने वा मुटु सम्बन्धी रोग निम्ताइ रहेको छ । यस्तो अवस्थामा विस्वसनीय रहेको मंगलम डाइग्नोष्टिक सेन्टरले सस्तो मुल्यमा गुणस्तरीय ल्यावको व्यवस्था गरेकाले जनकपुर क्षेत्रका विरामीहरुका लागि सजिलो भएको छ । शनिबार भएको सो शिविरमा मनोकामना युवा कमिटीका तर्फबाट मंगलम् डाइग्नोष्टिक सेन्टरलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।
