• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

गएरातीको बर्षाका कारण तामाकोशी गाउँपालिका वडा नम्वर ३ र ४ को सिमानामा पर्ने भस्मेमा पहिरोले सडक अवरुद्ध, अझै समस्याको समधान भएन ।

  • 4 वर्ष पहिले

श्रावण १५, तामाकोशी ।
गएरातीको बर्षाका कारण तामाकोशी गाउँपालिका वडा नम्वर ३ र ४ को सिमानामा पर्ने भस्मेमा पहिरोले सडक अवरुद्ध भएको छ ।
विहानै देखि काठमाडौ र चरिकोट जाने मानिस लगाएत सवारी साधन रोकिएका छन् । विहान देखि अहिले ३ बजे सम्म कसैको ध्यान नगएको र आफुहरु समस्यामा परेको यत्रुको भनाई छ ।
कतिपय सवारीसाधन त फर्किसकेका छन् । जिम्मेवारी कस्को हो थाहा छैन पालिकामा खवर गरेका छौ सम्वोधन नै भएन अर्का एक जना यत्रुले बताउँनु भयो । उहाँ भन्दै हुनुहुन्थ्यो गाउँगाउँमा सिंहदरवार भन्थ्ये होइन रहेछ। यतिका समय सम्म पनि हाम्रो समस्याको समधान भएन ।
मलाई थाहा छैन प्रदेश सरकार, केन्द्रिय सरकार, सडक विभाग वा बाटो बनाउँने निमार्ण कम्पनि । मात्र मलाई थाहा छ स्थानिय सरकार तर उहाँहरुले हाम्रो समस्या बुझिदिनु भएन अर्का यात्रुको गुनासो थियो ।
सरोकारवाला को ? यसको जिम्मा कस्ले लिने ? वडा सरकार, गाउँपालिका, जिल्ला, प्रदेश सरकार, केन्द्र सरकार, सडक विभाग वा निमार्ण कम्पनि ।

4 वर्ष पहिले    702 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology