• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सोलु लाम्जुरापासमा क्षतविक्षत् अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

  • 2 वर्ष पहिले

विराटनगर । लुक्लाबाट काठमाडौं फर्किएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु लिखु पिके गाउँपालिका वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा भेटिएको छ ।३६ सय ३४ मिटरको उचाइमा हेलिकप्टर दुर्घटना भएको ठाउँमा अहिले आगलागी भइरहेको छ । वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको बताए । उनले दुर्घटनास्थलमा प्रहरी पुगिनसकेको जानकारी दिए ।गाउँलेले अहिले घटनास्थलमा पुगी उद्धारमा जुटेका छन् । हेलिकप्टर र दुर्घटनास्थल हेर्दा हेलिकप्टरमा सवार यात्रुको जीवित उद्धारको सम्भावना कम रहेको उनको भनाइ छ ।हेलिकप्टरमा ५ जना मेक्सिकन नागरिक र एकजना क्याप्टेन छ । सो सोलुखुम्बुको लाम्जुरापासमा यसअघि पनि यति एयरको हवाईजहाज दुर्घटना भएको थियो ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    106 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology