• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मैथिली क्षेत्रका सबैभन्दा ठूलो विद्यापति पुरस्कार पाँच जनालाई प्रदान

  • 2 वर्ष पहिले

जनकपुरधाम ।  मैथिली भाषा साहित्य सहितका विभिन्न विधामा विशिष्ट योगदान दिनु भएका पाँचजना स्रष्टालाई नेपाल विद्यापति मैथिली पुरस्कार कोषले आज पुरस्कृत गरेको छ । दुई लाख नगद सम्मानपत्र सहितको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीलाई प्रदान गरिइएको छ । एक लाख नगद सहित नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार रमेश कुमार यादवलाई प्रदान गरिइएको छ । यसै गरि १ लाख रकमको पाण्डुलिपि पुरस्कार महेन्द्र कुमार मिश्रलाई प्रदान गरिइएको छ । 

यसै गरि १ लाख धन राशिको कला संस्कृति पुरस्कार गायक डा. आभाष लाभ र अभिनेता वैद्यनाथ पटेललाई प्रदान गरेको छ । दुवै जनालाई ५०-५० हजारको दरले रकम प्रदान गरिइएको छ । सबै पुरस्कारमा सम्मानपत्र तथा दोसल्ला रहेको छ । 

पुरस्कार अर्पण समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले महाकवि विद्यापति मैथिली साहित्यको क्षेत्रमा गर्नु भएको योगदान चीरकाल पर्यन्त स्मरणीय रहने बताउनु भयो । उहाँले विद्यापतिको रचनाहरूले नेपाल भारत बीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै तराई मधेश तथा पहाडलाई जोड्ने काम गरेको बताउँदै महाकवि हामी नेपालीका महाकवि पनि रहेको बताउनुभयो । उहाँले मल्ल कालमा काठमाडौँ उपत्यकामा मैथिली भाषाको सर्वाधिक प्रभाव भएको बताउँदै मल्ल राजाहरूले कैयन लोकप्रिय मैथिलीका नाटकहरूको रचना तथा प्रदर्शन गराउने गरेको बताउनु भयो । उहाँले विद्यापतिको जन्म तत्कालीन मिथिला क्षेत्रमा भएको बताउँदै अहिले उक्त क्षेत्र भारतमा परेपनि मिथिलाको धेरै क्षेत्र नेपालमा पनि रहेकाले उहाँ नेपालका महाकवि भएको बताउनुभयो । 

मन्त्री किरातिले विद्यापतिका कतिपय पाण्डुलिपिहरू अहिले नेपालको राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रहेको बताउनु भयो । मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले विद्यापतिका रचनाहरू अहिले मिथिलामा मान्छेको जन्म देखि मृत्युसम्म प्रयोग हुने गरेकाले उहाँ महाकविका साथै जनकवि भएको बताउनु भयो । उहाँले मैथिली भाषाको विकासका लागि घर घरमा विद्यापतिको जन्म हुन आवश्यक भएको बताउनु भयो । नेपाल विद्यापति मैथिली पुरस्कार कोषका अध्यक्ष रामबाबु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कोषका सदस्य सचिव ध्रुव कुमार मण्डल र सदस्य सुधा कर्णले बोल्नु भएको थियो । पुरस्कारहरू २०७९ सालको रहेको छ भने उक्त वर्ष अनुसन्धान तर्फ कसैलाई पनि पुरस्कार छनौट समितिले पुरस्कृत गरेको छैन । साभार : रेडियो नेपाल

2 वर्ष पहिले    173 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology