भानुजयन्ती : शालिकमा माल्यार्पणसहित आदिकविको सम्झना
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसैक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतले भानुभक्तको शालिकमा पुष्पमाला अर्पण गरेका छन् ।
2 वर्ष पहिले
  
136 Post Views