• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुने

  • 2 वर्ष पहिले

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता हुने भएको छ । सोमबारदेखि बैंककमा हुने बिमस्टेक विदेश मन्त्रीस्तरीय बैठकमा दुई मन्त्रीबीच भेटवार्ता हुने भएको हो ।श्रोतका अनुसार उनीहरुबीच साईडलाईन वार्ता हुने बताइएको छ । परराष्ट्र मन्त्री बनेपछि साउद र जयशंकरबीच दोस्रो साइडलाईन वार्ता हुने भएको हो । यसअघि बांग्लादेशमा भएको इन्डिया फाउण्डेशनको कार्यक्रममा दुई मन्त्री बीच अनौपचारिक भेट भएको थियो ।जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतीय विदेश मन्त्री जयशंकर अमेरिका भ्रमणमा थिए । त्यो भ्रमणको क्रममा उनीहरुबीच भेटघाट भएको थिएन । बैंककमा हुने अनौपचारिक भेटघाटमा दुई देशको सम्बन्धको विषयमा कुराकानी हुने बताइएको छ । बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री साउद आज त्यसतर्फ जाँदैछन् । आज साढे एक बजे थाइ स्माइल एयरवेजबाट मन्त्री साउद बैंकका लागि उड्ने मन्त्रालय स्रोतले जनाएको छ । साउन १ गते बैठकमा सहभागी भइ उनी २ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।साभार : रातोपाटी

2 वर्ष पहिले    99 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology