• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालनमा रहेको रेल सेवा आजदेखि विस्तार

  • 2 वर्ष पहिले

जनकपुरधाम । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालनमा रहेको रेल सेवा आजदेखि विस्तार हुने भएको छ ।आजदेखि रेल महोत्तरीको भंगहा नगरपालिकामा पर्ने विजलपुरसम्म सञ्चालन हुन लागेको हो । जनकपुरधामदेखि कुर्था १७ किलोमिटर पर्छ । आजदेखि रेल ५१ किलोमिटर गुड्छ ।रेल सेवा विस्तारको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने कार्यक्रम तय गरिएको छ । आज बिहान १० बजे भंगहा स्टेशनमा मन्त्री ज्वालाले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।उनका अनुसार भोली सोमबारदेखि विजलपुरादेखि जयनगरसम्म रेल सेवा नियमित सञ्चालन हुनेछ । विजलपुरासम्म रेल सञ्चालनमा आएपछि आउने/जाने समय हेरफेर हुन्छ । अब महोत्तरीको बिजलपुराबाट बिहान साढे सात बजे रेल जयनगरका लागि खुल्नेछ ।०७८ चैत १९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि जयनगर-जनकपुरधाम-कुर्था ९३५किलोमिटर० रेल सेवा सञ्चालन भइरहेको थियो ।अहिले एक सय १४ जना नेपाली र २० जना भारतीय विभिन्न पदमा कार्यरत छन् । रेल सेवा १७ किलोमिटर विस्तार भएपनि पहिलेदेखि कार्यरत जनशक्तिबाटै तत्काल काम चलाउने महाप्रबन्धक झाले बताए ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    105 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology