• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

‘ससुराल एक श्राप’ धारावाहिकका कलाकारहरु सम्मानित

  • 2 वर्ष पहिले

जनकपुरधाम,असार ३१ गते । मिथिला क्षेत्रको कथा बस्तुलाई धारावाहिकको माध्यमले आम जनमानसमा कलाकारहरुलाई आइतबार जनकपुरधाममा एक कार्यक्रमका बिच सम्मानित गरिएको छ । ससुराल एक श्राप नामक मैथिली धाराबाहिक टेलिश्रृंखलाको ६५ एपिसोड पुरा भएको अवसरमा सो धारावाहिकका निर्देशक तथा लेखक गायक अरुण विजैयाले २१ जना कलाकारलाई सम्मानित गरेका छन् ।

आर्थिकअभावमा राज्य पक्षको सहयोग बिना नै मैथिली भाषामा निर्माण भएको सो धारावाहिक एभिआई म्युजिक यु ट्युब मार्फत प्रशारण भएको छ । मैथिली भाषा संस्कृतिको उत्थानमा सदैब सक्रिया नवतुरिया कलाकारहरुले तयार पारेका सो श्रृंखलालाई आम दर्शकले माया गरेको धाराबाहिकका मुख्य कलाकार कलकतियाबाली भन्ने अभिनास झाले बताउनु भयो । स्थानीय संचार माध्यममा खासै स्थान नपाएका अभिनास झा, ईसिका भुजेल, अरुण विजैया, श्याम शशी लगायतका कलाकारहरुले जिबन्त अभिनय गरेर सो धारबाहिकलाई चर्चामा ल्याएका छन् । लेखक निर्देशक अरुण विजयाले अवार्ड प्रदान गर्नुभएको थियो । ‘लभ यू मिथिला प्रा.लि.को तत्वाधानमा आयोजित तथा एभि म्युजिक्दारा प्रस्तुत सम्मान कार्यक्रममा टेलिश्रृंखलाका मुख्यपात्र इशिका भुजेल, अभिनाश झा, बिरेन्द्र साह, श्याम शशि,रामपुकार साह, संजय राउत पिपही, लगायतका लाई सम्मानित गरिएको थियो । धाराबाहिकमा अभिनय गरेका अन्य कलाकारहरु नरेश शर्मा, डिम्पी राय, शरीली गोइत, अनिशा सदा, दोहरो भुमिकामा रहेका पिपहीलाई सम्मानित गरिएको थियो । धाराबाहिकका प्राविधकहरु प्रमुख एडिटर पोपट पटेल, सहायक छायांकार प्रह्लाद, एडिटर सञ्जय भुजेल, भीएफएक्स एडिटर बच्चन जी, पोष्टर डिजाइनर कृष्ण कुमार लगायतकालाई सम्मान गरिएको थियो ।

2 वर्ष पहिले    118 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology