• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

उपेन्द्रविरुद्ध चुनाव लड्न भित्र्याइएका कुशवाहलाई सीके राउतले चार महिनामै गरे पार्टीबाट निष्कासन

  • 2 वर्ष पहिले

जनकपुरधाम । जनमत पार्टीले विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ ।जनमत पार्टी, केन्द्रीय अनुशासन समितिले नेताहरू शिवचन्द्र कुशवाहा, गुलाव मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारबाही गरेको हो । उनीहरूलाई पार्टीको अनुशासनविपरीत काम गरेकाले कारबाही गरिएको पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. दीपककुमार साहले विज्ञप्तिमार्फत् जनाएका छन् ।कारबाहीमा परेका कुशवाहा बारा-२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लडेका थिए । उनलाई जनमत पार्टीले साधारणसदस्य समेत नरहनेगरी कारबाही गरेको जनाइएको छ । कुशवाहामाथि अनुशासनहीन काम गरेको र नेतृत्वविरुद्ध लागेको आरोप छ । उनलाई चुनावको मुखमा उपेन्द्रविरुद्ध लडाउन सीके राउतले पार्टीमा भित्र्याएका थिए । 

यस्तै सप्तरीका मण्डललाई १ वर्षका लागि निलम्बन गरिएको छ । मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको आरोपमा पार्टीको सदस्यबाट १ वर्षका लागि उनलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।सप्तरीकै शंकर खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पनि एक वर्षका लागि निलम्बन गरिएको छ ।केन्द्रीय निर्देशनको उल्लंघन गरेको र गर्न लगाएको तथा गुटबन्धी गरेको भन्दै रुपन्देहीका भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाका लागि निलम्बन गरिएको छ ।यस्तै कपिलवस्तु घर भएका भगवान दास यादव पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बनमा परेका छन् । उनीमाथि पार्टीका बैठकहरु र कारबाहीको क्रममा होहल्ला गर्दै अनुशासनहीनता पटक पटक देखाएको आरोप छ ।पार्टीका उपाध्यक्ष साहले जारी गरेको विज्ञप्तीमा भनिएको छ- कारबाही पश्चात सुधार देखाउने वा नदेखाउने व्यवहारअनुसार कारबाही फुकुवा वा थप कारबाही हुन सक्नेछ ।

 
साभार : नेपाल प्रेस

2 वर्ष पहिले    103 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology