• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

दुई वर्षसम्म पनि पुल नबन्दा डुङ्गाबाट वारपार गर्न स्थानीय बाध्य

  • 2 वर्ष पहिले

जनकपुरधाम । धनुषा तथा सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्गको कमला नदीको पुल निर्माण सम्पन्न नहुँदै भाँसिएको करिब दुई वर्ष बित्दा पनि मर्मत नभएका कारणले स्थानीय बासिन्दा डुङ्गा प्रयोग गरी वारपार गर्न बाध्य छन् ।

२०७८ असार १६ गते आएको बाढीका कारणले निर्माण सम्पन्न भएर उद्घाटनको तयारी रहेको पुलको सिरहा तर्फका चार पिलर भासिएका थिए ।स्थानीय बासिन्दा तथा मोटरसाइकललाई कमला नदी वारपार गराउन चार वटा डुङ्गा प्रयोग भइरहेका छन् । ढुङ्गाका चालकहरूले प्रति मोटरसाइकल ५० रुपैयाँ लिँदै आएकोमा जिल्ला विपत् व्यवस्थापन समिति धनुषाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल नेतृत्वका सुरक्षाकर्मीहरूले भाडा ३० रुपैयाँ मात्र लिन दिएको निर्देशनप्रति ढुङ्गा चालकहरू सहमत भएका छन् ।हालै धनुषामा आउनुभएका संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुलको स्थलगत अनुगमन गरी मर्मत तत्काल गर्न पहल गर्ने बताउनुभएको छ ।साभार : रेडियो नेपाल

2 वर्ष पहिले    105 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology