• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

श्री गोल्मेश्वर माध्यमिक विद्यालयको अध्यक्षमा हरिशंकर पोखरेल सर्वसम्मत चयन ।

  • 4 वर्ष पहिले

दिपक बस्नेत
श्रावण ३२, तामाकोशी ।
श्री गोल्मेश्वर माध्यमिक विद्यालय तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूले लामो समयको अन्तरालपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गरेको छ ।
गोल्मेश्वर माध्यमिक विद्यालयमा विगत एक बर्ष अगाडिदेखि तामाकोशी गाउँपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ बमोजिम विद्यालय व्यवस्थापन समिति चयन गरेको थियो । अन्य सदस्य चयन भइसके पनि अध्यक्ष पदका लागि पूर्व अध्यक्ष हरिशंकर पोखरेल र अर्का सदस्य मेखराज पोखरेल दुई जनाको दावी रहेको थियो ।
नीति गत अष्पष्टताका कारण अध्यक्ष चयन हुन नसक्दा जेष्ठ सदस्यबाट बैठक संचालन भई आएको र हाल तामाकोशी गाउँपालिकाको शिक्षा ऐन २०७५ संशोधन गर्न बनेको ऐन २०७८ अनुसार प्रकृया पुरा गरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिशंकर पोखरेल चयन हुनु भएको विद्यालयका प्रधानाध्यपक संजय कुमार खड्काले जानकारी दिनु भयो ।
विद्यालयले समय समयमा व्यवस्थापन समिति अध्यक्ष चयन गर्न प्रयास गरिरहेता पनि अध्यक्ष चयन हुन सकेको थिएन । हाल अर्का दाबेदार मेखराज पोखरेलले अर्का दाबेदार हरिशंकर पोखरेललाई सहमति जनाएपछि अध्यक्ष चयन प्रकृयाले पुर्णता पाएको हो ।
अन्य सदस्यहरुमा मेखराज पोखरेल, कमल बहादुर पोखरेल, टंक बहादुर खड्का, निर बहादुर श्रेष्ठ, मन्जु मिजार, गंगा पोखरेल, बबिता खड्का, रहनु भएको छ भने सदस्य सचिव विद्यालयको प्रधानाध्यपक हुने व्यवस्था अनुसार संजय कुमार खड्का रहनुहुने छ ।

4 वर्ष पहिले    1113 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology