• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

‘मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि कारबाही हुन्छ’

  • 2 वर्ष पहिले

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र कुमार सिंहले मधेशको मानव सूचकाङ्कमा सुधारका लागि स्वास्थ्य तथा शिक्षाको सुधार आवश्यक रहेको बताउनुभएको छ ।जनकपुरधामको नवजीवन हस्पिटल प्राइभेट लिमिटेडमा क्यान्सर रोगको उपचारको आज शुभारम्भ गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशका धेरै विज्ञ, वरिष्ठ चिकित्सकबाट देशभरका निजी तथा सरकारी अस्पतालमा सेवा दिए पनि मधेश प्रदेशको स्वास्थ्य अवस्था सुधार नहुनु चिन्ताको विषय भएको बताउनुभयो ।उहाँले मधेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन विज्ञ चिकित्सकहरूलाई प्रदेशमा बोलाउने विषयमा मन्त्रालयले गृह कार्य शुरु गरेको बताउनुभयो ।स्वास्थ्यमन्त्री सिंहले जताततै किराना पसल जसरी खुलेका र उपचारको नाममा जनतालाई ठगी गर्ने गरेको पाइएकाले मापदण्ड विपरीतका स्वास्थ्य संस्था कारबाही गरेर बन्द गराउने बताउनुभयो ।

वरिष्ठ चिकित्सक डा. आर एन झाले जनकपुरधाममा क्यान्सर रोगको उपचारको सुरुआत भएकोमा खुशी व्यक्त गर्दै नवजीवन अस्पतालले क्यान्सरको गुणस्तरीय र भरपर्दो उपचार गर्ने बताउनुभयो ।प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एवं वरिष्ठ चिकित्सक डा.बलराम मिश्रले जनकपुरधाममा नै क्यान्सर रोगको उपचार शुरु हुन लागेकोमा खुशी व्यक्त गर्दै गुणस्तरीय उपचारमा ध्यान दिन आग्रह गर्नुभयो ।क्यान्सर रोगका विशेषज्ञ डा. अवधेश साहको अध्यक्षतामा भएको उद्घाटन अवरमा डा. महेश महासेठ, डा. वैद्यनाथ ठाकुर, डा. शरद यादव, अस्पतालका व्यवस्थापक अखिलेश कुमार साह सहितका ३० जनाले रक्तदान पनि गर्नुभएको थियो ।साभार : रेडियो नेपाल

2 वर्ष पहिले    101 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology