भाजपाको निमन्त्रणमा माओवादीका नेताहरू आज दिल्ली जाँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाँदैछन् ।भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी नेताहरू भारत भ्रमणमा जान लागेका हुन ।माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा आज निस्कन लागेका हुन ।माओवादी केन्द्रका अनुसार भुसालको नेतृत्वमा जाने पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।भाजपाले संसारभरिका पार्टीहरूसँग सम्बन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रूपमा निम्तो दिएको हो ।भारत भ्रमणको क्रममा माओवादी नेताहरूले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिनेछन् ।साभार : नेपाल प्रेस
3 वर्ष पहिले
  
174 Post Views


