• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

संचारकर्मीलाई लैँगिक सम्बेदनशिल विषयमा थप जिम्मेबार हुनुपर्ने

  • 2 वर्ष पहिले

जनकपुरधाम,साउन १० गते ।लैँगिक सम्बेदनशिल मुद्धाहरुमा समाचार सम्प्रेषण गर्दा संचारकर्मीहरुलाई थप जिम्मेबार हुनुपर्ने बुधबार जनकपुरधाममा भएको एक कार्यक्रममा सरोकारबलाहरुले बताएका छन् । ओरेक नेपालको आयोजनामा भएको लैँगिक सम्बेदनशिलता मुद्धाहरुमा संचारकर्मीहरुको भुमिका विषयका कार्यक्रममा बोल्दै धनुषाका साहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सूचनाको हक र गोपनियताको हक बिचको संतुलन गरी पत्रकारले लैँगिकताका विषयमा समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । नेपाल पत्रकार महासंंघ धनुषाका उपाध्यक्ष अवधेश कामतको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै ओरेल नेपाल मधेश प्रादेश कार्यालयका प्रमुख श्रृजना अर्यालले यहाँका केहि पत्रिकाहरुमा समाचार लेख्दा लैँगिक सम्वेदनशिलतालाई ध्यान नदिएको बताउनु भयो । जस कारण पिडित महिलालाई समाजमा फेरी आफुलाई कायम राख्न समस्या भईरहेकाले पत्रकारहरुले आचार संहिताको पालनका साथै लैँगिक सम्वेदनसिलतालाई समेत ध्यानमा राखेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनु भयो । सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोज मधेश प्रदेशका प्रमुख मञ्जु खतिवडा, प्रदेश सरकारका सहसचिव देवकुमारी खत्री,अधिवक्ता रेखा झा,प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतम लगायतकाले अझै लैँगिक सम्बेदनलिताका विषयमा पत्रकारले सजग हुनु पर्ने बताउनु भयो ।

2 वर्ष पहिले    131 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology