• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

माधव नेपाललाई साक्षी राखेर राजदूतले मेनपावर धन्दा गरेकोमा संघको आपत्ति, सिन्डिकेटको प्रतिकार गर्ने

  • 2 वर्ष पहिले

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले माधव नेपाललाई साक्षी राखेर मलेसियाका लागि नेपाली राजदूत डिल्ली पौडेलले मेनपावर धन्दा गर्न खोजेकोप्रति आपत्ति जनाएको छ ।नेपाली दूतावासबाट माग पत्र प्रमाणीकरणमा हुने ढिला सुस्ती र श्रमिकलाई परेको अप्ठ्यारोका विषय समाधानभन्दा आफ्नै धन्दा चलाउने गरी काम गर्नु गम्भीर विषय भएको संघले जनाएको छ ।नेपालमा मलेसियाको कम्पनी खडा गरेर अनिवार्य तामिल लिएर मात्रै मलेसिया जान पाउने गरी नेपाली दूतावासले त्यहाँको गृह मन्त्रालयलाई प्रस्ताव गरेको विषय गम्भीर र कूटनीतिक मर्यादा विपरीत भएको संघको ठहर छ । 

मलेसियामा कामदार पठाउन नेपालका सीमित व्यवसायीहरूबाट मात्रै कामदार लिन त्यहाँको गृह मन्त्रालयसँग लबिङ गरेको विषयमा सञ्चारमाध्यममा आएकाले प्रष्ट पार्न दूतावाससँग माग पनि गरिएको छ ।

कुनै पनि नाममा एकाधिकार हुने गरी सिन्डिकेट तयार गर्न खोजे संघले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

 
साभार : नेपाल प्रेस

2 वर्ष पहिले    378 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology