नेपाली काँग्रेस धनुषा कार्यसमितिमा ५ सदस्य मनोनित
जनकपुरधाम । नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले थप ५ जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । सभापति पँजियारले नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा १२को उपधारा ५ (ख) (२) बमोजिम जिल्ला अधिवेशन प्रतिनिधिहरुलाई जिल्ला सदस्य पदमा मनोनित गरेका हुन। मनोनित हुनेहरुमा राम उदगार गोइत (कमला नगरपालिका), राम लखन साह (बटेश्वर गाउँपालिका), गणेश प्रसाद जयसवाल (गणेशमान चारनाथ नगरपालिका), बुधु यादव (मुखियापट्टी मुसहरनिया गाउँपालिका), र जोग कुमार महतो (धनुषाधाम नगरपालिका) रहेका छन ।
3 वर्ष पहिले
  
887 Post Views


