
जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
जनकपुरधाम, असोज १० विश्व पर्यटन दिवस आज जनकपुरधाममापनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । ‘सबैका लागि पर्यटन स् पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।
दिवसको अवसरमा मधेश सरकारको उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयले जनकपुरधाममा बृक्षारोपण गर्नुका साथै प्रभात फेरी कार्यक्रम गरेको छ । बुधवार विहान जनकपुरधामको रेल्वे स्टेशनमा वृक्षारोपण गरि स्टेशनबाट जानकी मन्दिर सम्म प्रभात फेरी गरिएर दिवस मनाइएको छ ।
मन्त्री सुनिता यादवले प्रभातफेरीलाई सम्बोधन गर्दै नेपालको विकास र उन्नतीको एक मुल आधार पर्यटननै रहेकाले यस्को सम्भाव्यता र विकास आवश्यक रहेको बताइन । मधेश प्रदेशमा रहेका पर्यटनका केन्द्रहरुको थप स्तरन्नोती गर्न सकिए मधेशलाई पर्यटनको हव बनाउन सकिने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह सहित वातावरण अभियानी, वृक्षारोपण अभियानी, पर्यटन व्यवसायी, व्यापारी, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कोरोना भाइरस संक्रमणको महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र अहिले करिब पुरानै लयमा फर्किएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुने विश्वास छ । विश्व पर्यटन संगठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ ।
