• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

गौ हत्याको विरोधमा जनकपुरधाममा विरोध ¥याली प्रदर्शन गरिएको छ ।

  • 2 वर्ष पहिले

जनकपुरधाम, असोज १२ गते ।
जनकपुरधाम, असोज १२ गते गौ हत्याको विरोधमा जनकपुरधाममा विरोध ¥याली प्रदर्शन गरिएको छ । राष्ट्रिय जनावर गाईको देशव्यापीरुपमा हत्या भइरहँदापनि सरकारले कानुन बमोजिम कारवाही गर्न पछाडी परिरहेको भन्दै साधुसन्तहरुले जनकपुरधाममा विशाल बिरोध प्रदर्शन गरेका हो ।


साधुसन्त, विभिन्न संघ संस्थाहरुको जनकपुरधामको जानकी मन्दिरबाट निकालिएको बिरोध रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै राम मन्दिर पुगेर कोणसभामा परिणत भएको थियो । रैलीको क्रममा गौ हत्या बन्द गर, गौ हत्या गर्नेलाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर लगायतका नाराहरु लगाइएको थियो ।


रैलीमा सहभागी जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गौ हत्या भईरहँदा समेत सरकार चुप्प लागेर बसेपछि शान्तिपूर्ण बिरोध प्रदर्शनमा उतरिनु परेको भने ।

विरोध रैलीमा सहभागी भएका धरानस्थित मन्दिरका महन्थ आचार्य श्रीनिवासले सनातन धर्ममाथी प्रहार गर्ने श्रृंखला नरोकिए यो नेपाल सरकार पनि बाँकी नरह्ने चेतावनी दिए । उनले अब पनि सरकार यो क्रम रोक्न कडा कानूनी कारबाही गर्न तयार भएन भने साधुसन्तहरु समेत भौतिक क्षति पुर्याउन पनि पछाडी नपर्ने बताए ।

2 वर्ष पहिले    246 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology