गौ हत्याको विरोधमा जनकपुरधाममा विरोध ¥याली प्रदर्शन गरिएको छ ।

जनकपुरधाम, असोज १२ गते ।
जनकपुरधाम, असोज १२ गते गौ हत्याको विरोधमा जनकपुरधाममा विरोध ¥याली प्रदर्शन गरिएको छ । राष्ट्रिय जनावर गाईको देशव्यापीरुपमा हत्या भइरहँदापनि सरकारले कानुन बमोजिम कारवाही गर्न पछाडी परिरहेको भन्दै साधुसन्तहरुले जनकपुरधाममा विशाल बिरोध प्रदर्शन गरेका हो ।


साधुसन्त, विभिन्न संघ संस्थाहरुको जनकपुरधामको जानकी मन्दिरबाट निकालिएको बिरोध रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै राम मन्दिर पुगेर कोणसभामा परिणत भएको थियो । रैलीको क्रममा गौ हत्या बन्द गर, गौ हत्या गर्नेलाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर लगायतका नाराहरु लगाइएको थियो ।


रैलीमा सहभागी जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गौ हत्या भईरहँदा समेत सरकार चुप्प लागेर बसेपछि शान्तिपूर्ण बिरोध प्रदर्शनमा उतरिनु परेको भने ।

विरोध रैलीमा सहभागी भएका धरानस्थित मन्दिरका महन्थ आचार्य श्रीनिवासले सनातन धर्ममाथी प्रहार गर्ने श्रृंखला नरोकिए यो नेपाल सरकार पनि बाँकी नरह्ने चेतावनी दिए । उनले अब पनि सरकार यो क्रम रोक्न कडा कानूनी कारबाही गर्न तयार भएन भने साधुसन्तहरु समेत भौतिक क्षति पुर्याउन पनि पछाडी नपर्ने बताए ।

2 वर्ष पहिले    615 Post Views