• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

देशको अर्थतन्त्रमा क्रमिक सुधार :अर्थमन्त्री

  • 2 वर्ष पहिले

जनकपुरधाम, असोज १३ गते ।
नेपाल सरकारका अर्थमन्त्री प्रकाश शरण महतले देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको बताएका छन् ।
शनिवार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले बजारमा हल्ला फैलाए जस्तो देशको आर्थिक अवस्था छैन । तर अहिले सुधारोन्मुख अवस्थामा रहेको भने ।


उनले आम्दानीभन्दा खर्च बढी रहेको कारण देशको आर्थिक अवस्था कमजोर हुन गएको हो । तर पनि सरकारले त्यसता समस्याको उपायमा लागिपरेको भने ।

मन्त्री महतले प्रमुख आम्दानीको श्रोत राजश्व संकलन हुन सकिरहेको छैन, रेमिटान्समा समेत कमी आएको छ । मन्त्री महतले अहिले पूँजीगत लगानी ३ सय २ अर्ब र ऋण साबा ब्याजको खर्चमात्रै ३ सय ७ अर्ब रहेको छ ।

कार्यक्रममा एमाले नेतृ जुली महतोले बजेटमा सरकारले मधेश सरकार विभेद गरेको भन्दै जनकपुरधामको विकास बजेटमा कन्जुसाई नगर्न आग्रह गरिन् ।

जउवा संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, प्रदेश सांसद राम सरोज यादव, दिपेन्द्र ठाकुर आ आफ्ना धारणा राखेका थिए ।

2 वर्ष पहिले    296 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology